लामिछानेलाई पार्टी सभापति बनाउने रास्वपाको तयारी

काठमाडाैं | माघ १५, २०७९

लामिछानेलाई पार्टी सभापति बनाउने रास्वपाको तयारी

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ । समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ। उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ।


रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति नागरिकता विवादमा मुछिएपछि त्यसपछिको  धारणा बनाउन पार्टीको बैठक बस्न लागेको बताए। नागरिकता विवादमा आएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गृहमन्त्री जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।


शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता  विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । 


कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो।


लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा  लामिछाने चितवत–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्